दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

  • काठमाण्डौ । दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा दाङकाे बबई गाउँपालिका–४ का मोटरसाइकल चालक राजेश भण्डारी र पछाडि बस्ने साकार केसीको ज्यान गएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–२ कुमगडी नजिकै रा १ ह ४०९६ नम्बरको अटो र रा ७ प २५० नम्बरको माेटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    यस्तै दुर्घटनामा अटो चालक दाङकाे शान्तिनगर गाउँपालिका–७ खैरेनीका रुद्रबहादुर थापा घाइते हुनुभएको छ । उहाँकाे नेपालगञ्जमा उपचार भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation