दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

काठमाण्डौ । दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा दाङकाे बबई गाउँपालिका–४ का मोटरसाइकल चालक राजेश भण्डारी र पछाडि बस्ने साकार केसीको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–२ कुमगडी नजिकै रा १ ह ४०९६ नम्बरको अटो र रा ७ प २५० नम्बरको माेटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै दुर्घटनामा अटो चालक दाङकाे शान्तिनगर गाउँपालिका–७ खैरेनीका रुद्रबहादुर थापा घाइते हुनुभएको छ । उहाँकाे नेपालगञ्जमा उपचार भइरहेको छ ।

  • प्रकाशित मिति :- शुक्रबार, जेष्ठ १८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |