आज विश्व दुध दिवस मनाइँदै

काठमाडौं । आज विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने रहेको छ ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो । नेपालमा भने सन् २०११ देखि दिवस मनाउन सुरु गरिएको हो ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवम् जीविकोपार्जनमा पुर्‍याउने योगदानलाई ध्यानमा राखेर दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकाय नेपाल डेरी एसोसिएशन, केन्दीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभागलगायतले कार्यक्रम गर्दैछन् ।

सरकारी तथ्यांकअनुसार देशभर दैनिक झण्डै ७० लाख लिटर दुध उत्पादन हुने गरेको छ ।

 

  • प्रकाशित मिति :- शनिबार, जेष्ठ १९, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |