सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध

  • काठमाडौं । अमेरिका–वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा पहिलोपटक भएको सुपरओभरमा ओमानले हार व्यहोरेको छ ।

    नामिबियाले ६ बलमा २१ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा ओमानले खराब ब्याटिङ गर्दै नतिजा सुम्पियो ।

    नामिबियाले ६ बलमा एक विकेट गुमाएर १० रन मात्र जोड्न सक्यो । नामिबियाका डेबिड वाइजी उत्कृष्ट बलिङ गर्दै टिमलाई जित दिलाए ।

    त्यसो त नामिबियाले खेल नियमित २० ओभरमा नै जित्नुपर्थ्यो । अन्तिम ओभरमा जितका लागि ५ रन मात्र आवश्यक हुँदा पनि नामिबियाले जित निकाल्न सकेन । पहिलो ओभरमा विकेट, दोस्रोमा डट बल र तेस्रोमा फेरि विकेट खेलमा अप्रत्याशित ट्वीस्ट आएको थियो ।

    अन्तिम ओभरमा नामिबियालाई जितका लागि २ रन चाहियो । यहाँ ओमानले खेल आफ्नो पक्षमा पार्ने सहज मौका सदुपयोग गर्न सकेन । फिल्डरले रन आउटको अत्यन्तै सजिलो मौका खेर फालेपछि खेल सुपरओभरमा धकेलिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation