तिमी,
हलुङ्गो कागजको टुक्रामा,
आफ्नो मनलाई लवजको सिन्काले बाँधेर बसेकी हुन्छौँ,
अनि,
तिम्रो हाँसोमा अल्झिँएर
तिमीलाई एकटकले निहार्दै,
तिमीलाई, भेटाउने रहरले
पछ्याउँदै
म
रेशमको धागो’ ,
तिमीसँगै बाँधिएर हावाको
लयमा आकाशमुनि
उडिरहेको हुन्छु,
तर,
थाहा छैन !
कति क्षणको लागि हो यो ?
थाहा छैन !
यो विछोडको बतासले
हाम्रो सम्बन्धको धागो चुँडाएर,
कति टाँढासम्म लग्छ हामीलाई,
मलाई जहाँ लगेपनि,
तिमी’ क्षितिजसम्म पुग्नु ।