आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुँदै

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतको काम भैरहेको हुँदा आज बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म सडक नै बन्द गरेर मर्मतको काम गर्न लागेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

साँखर ड्याम नजिक चर्किएको ठाउँमा ढुङ्गाको पनि व्यवस्थापन गर्नुपर्ने भएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रा.लि. भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति :- आइतवार, जेष्ठ २७, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |