सुन्दर पाण्डेको गजल

  • अपराधी न्यायाधीश सम्म पुग्छ, कहिले सम्म
    छोरीको पिरले आमाको छाती दुख्छ, कहिले सम्म

    सन्तानलाई अन्न खुवाउन रुन्छिन एउटी आमा
    त्यो आमाको टिलपिल आँसु सुक्छ, कहिले सम्म

    टुटे सबै आशाहरु, रुनु पर्यो सम्झी सम्झी
    बलात्कारी अपराधबाट लुक्छ, कहिले सम्म

    अझै पनि नारीहरु छैनन् कत्ति सुरक्षित
    इज्जत लुटीने चुनौती छुट्छ, कहिले सम्म

    – सुन्दर पाण्डे

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation