लोक भजन प्रतियोगितामा बुटवलको ५ नम्बर वडा प्रथम

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित नगरस्तरीय अन्तर वडा प्रथम लोक भजन प्रतियोगितामा बुटवलको वडा नम्बर ५ प्रथम भएको छ ।  बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठान रूपन्देहीको सहआयोजनामा सम्पन्न अन्तर वडास्तरीय  प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले लोक संस्कृतिको संरक्षण र जगेर्ना गर्न यस्ता कार्यक्रम आयोजना गरिरहनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा वडा नम्बर १२ द्वितीय, वडा नम्बर ७ तृतीय र वडा नम्बर २ ले शान्त्वना स्थान प्राप्त गरेका छन् । विजेता प्रतियोगीहरुले क्रमश ४० हजार, २५ हजार, २१ हजार र १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । उपमहानगरका १४ वडाहरूको सहभागिता रहेको प्रतियोगिताको निर्णयकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष दुर्गा रायमाझी,  नारायण लेकाली, डिल्लीनारायण पाण्डे, ॐ ज्ञवाली, राधेश्यामराज भण्डारी  रहेका थिए ।

राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेमबहादुर हमाल,  बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालको विशिष्ट अतिथ्यता रहेको कार्यक्रममा केन्द्रीय सचिव दीपक गरौजा सहसचिव सीता राणा केन्द्रीय,  प्रदेश र जिल्लाका पूर्व,  वर्तमान कार्यसमिति तथा पदाधिकारीहरूको समेत उपस्थिति रहेको कार्यक्रम संयोजक दिपक कार्कीले बताए । भजन प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दीपु मगरको अध्यक्षतामा  सचिव योगराज पोखरेलले कार्यक्रमको  सञ्चालन गरेका थिए ।

  • प्रकाशित मिति :- मङ्लबार, जेष्ठ २९, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |