कथा

रात्री बसमा गासिएको माया

उनलेे लजाउदै भनीन् किन चाहियो र मेरो नम्बर अनि मैले जिस्काउदै गरि भने तिमीलाई बेला, बखतमा सम्झिनको लागि । र उनी यो कुरा सुन्न साथ मुर्छा परेर हास्न थलिन अनि म पनि केहि नबुझी उनलाई नै हेरेर हास्न थाले ।

बेलुकि को ठिक ७:०० बजे काठमाडौं जानी रात्री बसको पर्खाइमा म खैरेनी बाटोपारी पर्खीरहेको थिए । करिब १५ मिनेटको अन्तरालमा बसले हरन बजाउदै आयो र मेरो नजिकै रोकियो । खलासीले काठमाडौं जानी हो ? भनेर सोध्यो, मैले पनि अँ हो सिट छ कि छैन भनेर सोधे, छिटो जानुस एउटा मात्र सिट छ खलासीले भन्यो ! र म बस भित्र पसे, सेकेन्ड लास्टमा एउटा मात्र सिट रहेछ । झ्याल तिर मन्टाे फर्काएर एउटी युवती खैरेनीको रमाइलो दृश्यहरु हेरिरहेकोे थिइन त्यतिकैमा मैले भने, के म यहाँ बस्न सक्छु होला ? मैले बिन्म्र आग्रह गरे । उनले मेरो आग्रहलाई नकार्न सकिनन् र बस्नुस न भनिन र म त्यहाँ बसे अनि त्यतिकैमा गाडीले आफ्नो गति लियो । गन्तव्य निकै टाढा थियो, बाटो त्यस्तै नाजुक थियो जे गर्छन् उनै श्री पशुपतिनाथले रक्ष गर्छन् अनि त्यतिकैमा म उनीतिर फर्केएर मैले भने; हाम्रो यात्रा निकै नै टाढा छ, यसरी एक ले अर्कालाई नचिने झै गरे झन टाढा झैँ लाग्छ त्यसैले हजुरको परिचय पाउन भनेर कुरो मैले नै अगाडि बढाए अनि उनले आफ्नो परिचय दिन थालीन: मेरो नाम पुजा सापकोटा घर चाहिँ तानसेन पाल्पा, अहिले दाईभाउजुलाई भेट्न हिडेकि अनि उनले भनीन हजुरको पनि परिचय पाउन त ! अनि मैले पनि मेरो परिचय दिए अनि मैले सोधे : पढाईलाई कतिमा पुर्याउनु भो त नि अनि उनले भनीन इन्टर दोस्रो वर्षको परिक्षा दिएको नतिजाको प्रतीक्षामा छु अनि उनले मेरो पढाईको बारेमा पनि सोधिन मैले पनि उनलाई स्नातक दोस्रो वर्षमा पढ्दै छु भने अनि उनले भनीन त्यसो भए हजुर पनि दाजुलाई भेट्न हिड्नु भएको अँ त्यसै भन्नु पर्यो मैले भने । मेरो उमेर भन्दा उनको उमेर सानै रैछ अनि मैले उनलाई तिमी भनेर सम्बोधन गर्न थाले । एकछिन सम्म हाम्रो कुरा भयो । कुराकानी हुदा हुँदै गर्दा मैले उनलाई सोधे: तिम्रो काठमाडौंमा बसाई कति हुन्छ त नि ? उनले भनीन त्यस्तै १५/२० दिन जति बस्नु पर्ला अनि उनले पनि मलाई हजुर कति समय बस्नुहुन्छ भनेर सोधिन अनि मैले पनि त्यस्तै १५/२० दिन को जबाफ दिए । पुजा, त्यसो भए हामी सङै फर्कौ न त हुदैन ? उनले मुस्कुराउदै हुन्छ भन्ने जबाफ दिइन । त्यसो भए तिम्रो फोन नम्बर देउन त ! उनलेे लजाउदै भनीन किन चाहियो र मेरो नम्बर अनि मैले जिस्काउदै गरि भने तिमीलाई बेला,बखतमा सम्झिनको लागि । र उनी यो कुरा सुन्न सात मुर्छा परेर हास्न थलिन अनि म पनि केहि नबुझी उनलाई नै हेरेर हास्न थाले । केहि समयमा हामीले एक अर्काको नम्बर साटा साट गर्यो र त्यस् बिचमा हामी दुई एक आपसमा धेरै नै झ्याम्मी सकेका थियौ । गाडी आफ्नै गतिमा थियो । रातीको ठिक १२:०० बजेको रहेछ । पुजा निन्द्राले झुपुझुपु हुन थालिन र मेरै शरीरमा आड लिएर लुपुक्क निदाइन । मलाई त्यति निन्द्रा लागेको थिएन बस भित्र एउटा गित बजिरहेको थियो र म भने त्यस्कै तालमा झुमीरहेको थिए ।

बिहानी को ५ बजेतिर गाडीले काठमाडौं बसपार्क ल्याइपुर्याएछ । सबै बस बाट उत्रिसके तर पुजा भने मेरै पाखुरामा निदाइरहेको थिइन्।
मैले उनलाई पुजा भन्दै बोलाए अनि उनलाई निन्द्राले छोडीहालेछ । उनले भनीन हजुरले मलाई बोलाउनु भएको ? मैले भने काठमाडौं आइपुग्यो झर्ने होइन भनेर बोलाएको अनि उनी मुस्कुराउदै झरीन र फोन गरेर आफ्नो दाजु भाउजूलाई लिन बोलाइन । मैले पनि दाजुलाई फोन गरेर बस स्टेसनमा बोलाए । उनको दाजुभाउजू अनि मेरो दाजु सबै जम्मा भयौ र सबैको चिनजानि भयो । अनि केहि समय पछि हामी त्यहाँबाट छुट्टीयौ । छुट्टीएको दिन पछि मलाई उनको त्यो बोली, त्यो मुसुक्क मुस्कुराउने बानी साची नै लोभ लाग्दो लाग्न थाल्यो र यो मुटुलाई पनि उनी उनको आभास बिना जिबन काट्न पनि मुस्किल हुन थाल्यो । यो आखाले देखेको त्यो सुन्दर पलहरु एकछिन नदेख्दा कल्पना झै लाग्न थाल्यो ।

दुई दिनको बिछोड पछि मेरो फोनमाबाट अपरिचित कुनै नम्बरबाट कल आयो । फोनमा घण्टी बजिरहयो तर उठाउने हिम्मत भएन किनकी मेरो छेउमा मेरो दाइ हुनुहुन्थ्यो । केहि समय पछी सुटुक्क दाइलाई थाहा नदि घरको छ्तमा बोल्न गए तर दुर्भाग्य त्यतिकैमा फोन काटियो । धेरै समयको प्रतीक्षा पछि फेरि फोन आयो अनि सानो आबाज गरेर बोल्न खोजे र एकछिन सम्म हामी कुरा गर्यौ । कुराकानी हुदा हुँदै गर्दा उनले भनिन् यहाँ आउनुहोस न आज नारायणघिटि दरबार घुम्न जाम तिमी त्यहाँ बस्दै गर म रेडी भएर आउछु मैले भने । हामी सँगै धेरै ठाँउहरु घुम्न जान्थ्यौ कहिले ‘सतर चिडियाखाना ‘हेर्न’, कहिले पशुपतिनाथको दर्शन गर्न, कहिले धरहरा चढ्न कहिले एयरपोट हेर्न । धेरै फोटाहरु खिचाउथ्यौ
कहिले मैले उनको र कहिले उनले मेरो खिचाउन्थिन । टुरिष्ट दाईलाई अनुरोध गरेर दुबै संगै भएको फोटाे खिचाइन्थ्यो यस्तै फोटाे खिचाउने क्रममा टुरिष्ट दाइले ओव कति सुवाएको ! भन्दा त उनी लाजले भुतुक्कै हुन्थिन । त्यो उनको चंचले बानी, त्यो लजालु बानु, बोली, वचन, हिडाइ देखेर नै मैले उनलाई मन पराएको थिए ।

काठमाडौं घुम्दा घुम्दै २० दिन पुगेको पत्तै भएनछ । कोठामा म एक्लै थिए । यतिकैमा टिनिन्न मोबाइलको घन्टी बज्यो र मैले उठए: अं भन पुजा, घर जाने तयारी गर्दै हुनुहुन्छ कि क्या हो उनले भनिन् । अं कोठामा एक्लै छु नरमाइलो लागि रहेछ मैले भने, किन नरमाइलो मान्नु पर्यो र ? घर जान पनि ! उनले भनिन् अनि मैले भने: खैरेनी सम्म त तिम्रो साथ हुन्छ अनि तिमी उता म यता त्यसैले नरमाइलो लाग्या यतिकैमा उनले भनिन्: किन नरमाइलो मन्नु पर्यो के हामी सधै को लागि छुट्टीने हो र ? फेरि कहिल्यै भेट हुदैन होला त । ल भोलि खानासाना खाएर अलिछिटो बस स्टेसनमा आउनुहोला म कुरिरहन्छु अरु बाकी कुरा भेटमै गरौला ओके बाइ ! त्यो दिन त्यतिकै बित्यो भोलि पल्ट आफ्नो नित्यक्रम पछि खानापिन गरि दाजु संग बिदा भई बस स्टेसन तिर लागे अनि पुजा मेरै पर्खाइमा थिइन र उनले भनिन् : ए! हजुर आइपुग्नु भो । अं आइपुगे तिमी बस्दै गर है, म टिकट काटेर आइहाल्छु अनि उनले भनिन् : पर्दैन टिकट काट्न मैले नै काटिसकेकि छु बरु हिंड्नुस बस भित्रै बसेर कुरा गरौ ।

अनि मैले भने : मेरो लागि यति धेरै दुख किन गरेकि मैले काटीहाल्थेनि । भै गो जसले काटे पनि एउटै कुरा त हो नि म पहिला आए सिट बुक गरे के ठिक गरिन र ? अनि मैले भने तिमी जस्तो सुन्दरी, तिमी जस्तो सुशील, तिमी जस्तो ज्ञानि यो सांसारमा अरु को नै छ र ? भो भो धेरै फुरुक्क पारिदिनु पर्दैन भन्दै लगाए जस्तो गरिन । यतिकैमा गाडीले आफ्नो गति लियो । मैले पुजा सँग जति पनि मनका कुरा गर्नु छ सिरिफ ८/९ घण्टा को बीचमा भन्नू थियो । मैले तिमीलाई मन पराउछु भन्न डर लागिरहेको थियो । मैले उनलाई भनी हाले भने पनि कतै अस्वीकार त गरिदिने होइन ? यस्तै यस्तै भावानात्मक तरङ्गहरु मनभित्र उब्जिरहेका थिए । मैले पुजालाई मायाका कुरा भन्नै सकिन, किन हो किन मैले मनका कुरा भन्नै सकिन ।

पुजा, तिमीसँग म एउटा कुरा गर्न चाहान्छु नरिसाउ है । पहिला प्रमिस गर, प्रमिस बाबा प्रमिस उनले हास्दै भनिन् । कुरा के भनेनि पुजा, तिम्रो कोहि प्रेमी  छ कि छैन नि ? प्रतिउत्तरमा उनले हास्दै छैन भनिन् । तिमीले कसैलाई मन पराउछौकि नाइ ? भन्दा उनले मन पराउछु भनिन । नाम भन्न मिल्छ भन्दा मिल्दैन भनिन् । मेरो मन झन आत्तिन थाल्यो मुटुले ठाउ छोड्यो र मैले भने : पुजा तिमीलाई म कस्तो लाग्छ ? यो संसारमै छैन होला हजुर जस्तो मान्छे त उनले भनिन् । पुजा तिमीले हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन तर म तिमीलाई अति नै मन पराउछु । जब मैले तिम्रो मुहार पहिलो पल्ट देखेथे, मेरो दिलको फुलबारीमा तिमीलाई नै राखी सकेथे । मेरो जिबनको पहिलो रोजाइ अनि अन्तिम लक्ष्य पनि तिमी नै हो सके सम्म तिमीलाई मागेर नै लैजान्छु होइन भने भगाएरनै लैजान्छु मैले भने।

अलि बेर सम्म पुजा आफ्नो सिर झुक्याएर बरर आँसु खसालीरहेकि थिइन अनि मैले सम्झाउन थाले: पुजा किन रोएको के मैले नचाइदो कुरा गरेको होर । पुजा मन पराउनु प्रतेक ब्यक्तिको चाहाना हो र यो संसारमा एकअर्का बिच माया नै भएन भने यो सृष्टि कसरी चल्छ । साच्चिकै हो म तिमीलाई हृदय देखि नै चाहान्छु । यदि तिमीले मलाई साथ दिन सकिनौ भने नतिजा नराम्रो सुन्नु पर्ने छ । यत्तिकैमा उनले भनिन् भो नचाहिदो कुरा नगर्नुहोस् । मैले पनि तपाईलाई नै मन पराएको थिए तर भन्न पो डराएको थिए बल्ल आज दुबैको सपना पूरा भयो । यसरी हाम्रो गहिरो सम्बन्ध गासिन पुग्यो ।

गाडी दाउन्ने आइपुगेको थाहै भयनछ । एक्कासि अचानाक हामी चढेको गाडी बत्ताउन थाल्यो पुजा मलाई झम्टेर चिच्याइरहेकि थिइन। बस भित्र कोलाहल मच्चिन थाल्यो सबैले दाउन्ने देवीलाई पुकार्दै थिए । गाडीको ब्रेक फेल भएको रहेछ । दाउन्ने देवीको शक्तिले पनि थाम्न नसकेर गाडी भिरबाट २०० फिट तल खस्यो । १५ जनाको घटना स्थलमै मृत्यु भयो बाकी अरुलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भर्ना गरिएको रहेछ । त्यतिन्जेल सम्म हामी दुबैको होस आएको थिएन । मलाई सेलेन पानी चढाइएको थियो । मेरो पुजाको रगत धेरै नै बगेको रहेछ । पुजाको उपचारमा डाक्टरहरु हस्याङ्फस्याङ गर्दै थिए । यत्तिकैमा डाक्टरले नर्सलाई भने ! नर्स जतिसक्दो छिटो O- negative group को रगत लिएर आउनुस । यत्तिकैमा नर्सले भनिन् ! डाक्टर यो group को रगत त सिद्धिसकेकाे छ । यत्तिकैमा मेरो होस पनि आइपुग्यो र मैले भने: डाक्टर साब म दिन्छु मेरो पुजालाई रगत । मेरो O-negative group हो बरु छिटो गर्नुहोस डाक्टर साब, यत्तिकैमा डाक्टरले भन्नू भयो: होइन तपाईको रगत झिक्न मिल्दैन । तपाईंको पनि धेरै रगत बगिसकेको छ । होइन डाक्टर साब जसरी भए पनि मेरो रगत पुजालाई दिनुस्, मेरो पुजालाई बचाउनुहोस किन कि उनी मेरो हुनेवाली  जीवन साथी हुन त्यसैले डाक्टर साव I request you. अनि डाक्टरले मेरो अनुरोधलाई स्वीकार गरि मेरो पुजालाई बचाउन सफल भए । निखो भएको दोस्रो दिन हामी दुबै जना भइ सिद्धबाबा गयौं । सङै मर्ने सङै वाच्ने बाचाकसम खायौं । केहि समय पछि पुजाले घर जाने मन गरिन । मैले पनि उनको इच्छालाई रोक्न सकिन अनि बुटवल बसपार्क आएर टिकट काटी गाडी उठाइदिए । गाडी छुट्न १०मि. मात्र बाकी थियो । पुजा जसरी भएपनि तिमी एकपटक मेरो घरमा आउ है । अनि उनले हुन्छ  आउछु, मैले जसरी भएपनि ममि ड्याडीलाई सबै कुरा भनेर साथमै लिएर आउछु। अनि मैले भने बाटो त थाहा नै छ होला नि बिर्सीए भनिदिन्छु, उकालोमा जादाजादै दाहिने तिर बर, बर घुमेर तेस्रो लागे आउँछ मेरो घर । यत्तिकैमा गाडी पनि छुटयो । धेरै टाढा सम्म मैरो  हातहरु उनलाई बाइ बाइ भनिरयो । बस पार्कमा एउटा गित बजिरहेको थियो र मैले पनि एक छिन बसेर सुन्न थाले ।।।

उनले मलाई दिनको २/४ पटक फोन गर्ने गर्थिन, मैले पनि यताबाट फोन गरिरहन्थे । फोनमा मिठामिठा जिन्दगीका सपनाहरू वाडीन्थ्थाे दुख सुखका कुराकानी हुन्थे । मोबाइलमा पैसा सिद्धिसकेपछि मात्र कुरा टुंगिन्थ्थाे । एक दिनको कुरा हो हाम्रो प्रेम सम्बन्ध गासिनु पुर्ण नै पुजाको हात आफ्नो घनिष्ठ मित्रको छोरालाई दिने वचन दिनुभएको रहेछ । केटाे खानदानी रहेछ । पुजा काठमाडौं गएको बेला बिहेको समय पनि निश्चिति भएको रहेछ । बिहेको २ दिन अगाडि पुजालाई थाहा दिइयो । त्यही दिन बेलुकि उनले मलाई फोन गरिन उनी रुदै भनीन:

हेलो, रोहित कित मलाई माग्न आउनुस कित मलाई भगाएर लैजानुहोस । आज त्यो दिन आएको छ, जुन दिन सिद्धबाबा साची राखी सङै बाच्ने सङै मर्ने बाचा कसम खाएका थियौ। आज त्यो दिन आएको छ जुन दिन हजुरले मलाई कित मागेर लान्छु कित भगाएरनै लान्छु भन्नू भएको थियो । रोहित, म त्यो केटा सँग बिहे नै गर्दिन र हजुर बिना एकपल पनि बाच्न सक्दिन । यो कुरा सुन्ना साथ, म बिहानी पख देखेको सपनाबाट ब्युजीएझै झस्याङ्ग भए । उनको घरमा गएर मागेर, हामी २ को बिहे हुने सम्भब नै थिएन । अनि मैले भने: पुजा, तिमी चिन्ता नमान तिमीलाई म भगाएरै भएपनी तिमीलाई साथ दिनेछु । पुजा तिमी भोलि बिहान ठिक ४:०० बजे तानसेन चोकमा निस्कीय म अहिले नै त्यहाँ आउछु । यति भन्दै फोन राखीदिए । म घरबाट पूरा तयारीका साथ निस्कीए राती ११:०० बजे तिर तानसेन पुगे अनि रेष्टुरेन्डमा रुम लिए । त्यो रात मलाई निद्रानै लागेन कतिखेर ४ बच्छ पुजा कतिखेर आउछिन भनेर मनमा कुरा खेलिरहयो। बिहानीको ४ पनि बजिसक्यो । तर पुजाको आगमन अझै पनि भएन । कुर्दा कुर्दा ८/९ पनि बजिसक्यो । फोन गर्दा फोन पनि लाग्दैन । मेरो मन आत्तिन थाल्यो । के गरु कसो गरु भयो ।  मनलाई दरो बनाएर म पुजाको घरको खोजीमा हिडे । ओरिपरी सबै सँग बुज्दा पुजाको घर त्यहाँ छ भन्नि मलाई थाहा भयो र म पुजाको घरतर्फ लागे । पुजाको घरमा पुग्न साथ त्यहाँ उभिएका सयौं मान्छेको भिड देखेर मेरो मन झन आतिन थाल्यो र के रहेछ भनेर सबै सङ बुझ्न् खोजे । बुझ्दै जादा कुरा के रहेछ भने पुजाको र मेरो प्रेम सम्बन्धको विषयमा उसको डयाडलाई थाहा भको रहेछ र पुजाको सबै तयारीको बारेमा उनको ड्याडीले पहिलै बाट थाहा पाउनु भको रहेछ । पुजालाई घरबाट बाहिर निस्किन नदिदा र आफ्नो प्रेमि सङ भेट हुन नपाएकोले, पुजाले आत्मा हत्या गरेको भनेर मैले अरुबाट सुने । यो कुरा सुन्न साथ, म अफैलाई  भिरबाट खसेको झै भयो । मैले आफूले आफूलाई काबु गर्न सकिन । मेरा आँखाबाट आशुका थोपाहरु बगिरहे । भित्रको त्यो रुवाबाँस अनि मेरो मनमा बल्जीएको पिडाले गर्दा आफुले भन्दा पनि बढी माया गर्ने मान्छेको अनुहार देख्न पनि मलाई डर लाग्न थल्यो । म एकोहोरो रहेर, उनी सङ बिताएका पलहरु सम्झीए, दुख र सुखका कुराकानी सम्झीए । यसरी मेरो जिन्दगी उनी बिना अधुरै रहयो ।

  • प्रकाशित मिति :- मङ्लबार, जेष्ठ २९, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |