
चरीले पनि एक मौसममा गुडॅं सार्नुपर्छ
फूलले आफ्ना सारा पातहरु झार्नुपर्छ
घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त
हेर आफ्नै वरपर कॅंहा एकनास भेटिन्छ त?
बुझीहेरे हरकोहीसॅंग हर्षित जीवन कसले प्रष्टाउछ?
बालीपनि हावाहुरी पानी अनि हिम पश्चात फस्टाउछ!
सङ्घर्ष नै जीवन र जीवन नै सङ्घर्ष भए , सङ्घर्षसगॅं किन भाग्ने?
सोच त ! जन्मिएपछि किन नबाच्ने ?
जरुरी छैन हरपल मनलाई चोटले छोइदिन्छ
एकपल मुस्काउछ ओठ त अर्को पल आखा रोइदिन्छ
सङ्घर्षको अघि घुडा टेक्नुभन्दा घुडा घसेर किन नबाझ्ने?
सोच त ! जन्मिएपछि किन नबाच्ने ?
जन्माउनुमा तिम्री आमाको मिठो अभिलाषा हुन सक्छ
मुहारमा तिम्रो उनले देखेको सुनौलो आशा हुन सक्छ
पिडा सम्झदै धिक्कार्नुभन्दा मुस्कुराउन मिठा सम्झना किन नसाच्ने?
सोच त ! जन्मिएपछि किन नबाच्ने ?