रङ्गीन भित्ताको बीच थुनिएको त्यो प्राण भएको जिउँदो लास आजपनि त सास फेरिरहेछ
कुनै सासमा नरहेपनि आस क्या आराम सास फेरि रहेछ
रङ्गीन भित्ताले कोरेको त्यो रङ्ग हिन जिन्दगी
प्रेम भन्ने जालमा परेपछि हुने रहेछ सस्तो जवानी
बाँचेरै पनि त अर्थ छैन हत्केलामा रहेछ मेरो जिन्दगानी
बस्दा बस्दै लाग्छ कैहीलेकाही उठेर आटिदेऊ
भारी एक मुठी सास न हो त्यो पनि फ्याकी देऊ
सास रहुन्जेल मरेको कसले देख्छ र
आखिर बाँचेर पनि त अर्थ के छ र
आँखाका परेलामा अड्किएका सपनाहरु आँधी लुच्छिए
अनी आँधी आँशु सँगै बगे र आँशु सँगै पुछिए
लाग्छ बिर्सिन सकूँ आफू आफैलाई सबै बाट पर भागिदेऊ
हराएर एकाएक हरेक नजरबाट कुनै अपरिचित नजरमा जागिदिऊ ।
हेर्न सकूँ आफूलाई आफ्नै नजरले त्यति आँट कहा छ र
समाल्नै पनि आफूलाई त्यो आहट कहा छ र ?
गर्दा पनि चोखो माया यहाँ आफ्नै हृदयलाई खै कस्तो ऋण लाग्छ ।
हेरू भने आकृति आफ्नै ऐनामा घिन लाग्छ
फेर्न मन छ याद सँगै अब मुहार पनि एकैपल मा
डुबेपछि जिन्दगानी झुट अनि छलमा
आफैबाट आफूलाई लुकाएर भाग्न सक्ने को भित्र त्यस्तो दिल छ ।
दुःख आफ्नो नजिक बाट बुजेपनी आफैलाई अँगाल्न कहाँ मिल्छ ।