नेपालमै उत्पादन भएको हुन्डाइ भेन्युको बिक्री सुरू

  • काठमाडौँ । नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाइ भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरू गरेको छ।

    लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।

    लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाइ मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ।

    स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल ग्राहर्स्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।

    प्रथम चरणमा हुन्डाइ भेन्युका दुई भेरियन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरू भेरियन्टहरूको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आइ१० एनआइओएसका साथै अल–न्यू हुन्डाइ क्रेटाको उत्पादन पनि सुरू हुने जनाएको छ।

    हाल बिक्री सुरू भएको हुन्डाइ भेन्युको मूल्य यस्तो छ:

     मोडेल         क्षमताइन्धनमूल्य
    १.भेन्यु एफएल १.२ एस  ११९७ सिसीपेट्रोल४४ लाख ९६ हजार रूपैयाँ
    २.भेन्यु  एफएल १.२ एसएक्स११९७ सिसीपेट्रोल५३ लाख ५६ हजार रूपैयाँ

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation