यात्रा जिन्दगीको…

  • कैले हासो कैले रोदन
    जिउनै पर्ने यो जिन्दगी
    उकाली र ओराली गर्नुपर्ने
    यात्रा पो रहेछ यो जिन्दगी ।

    न त भोकमा भोक छ
    न त रातमा निन्द्रा
    तै पनि सान्त्वना दिनैपर्ने
    यो जिन्दगी
    पिडा र ब्यथाहरु साची राखी
    कुदनै पर्ने रहेछ यो जिन्दगी ।

    कहिले सफलता त कहिले असफलता स्वीकार गर्नुपर्ने यो जिन्दगी
    आधिबेरी सहेरै भएपनि
    सफल हुने लोभ लाग्दो रहेछ यो जिन्दगी ।

    उज्ज्वल भबिस्यको सपना बोकेर कल्पनाको
    महलमा निदाउने यो जिन्दगी
    दुर्घटनालय पथ प्रदर्शक बनाएर पनि
    गन्तव्य सम्म पुग्नै पर्ने यो जिन्दगी

    सुख पाउने आसले गर्दा मिहिनेतको भारी बोकि
    दौडधुप गर्नुपर्ने यो जिन्दगी
    गाला चाउरी परि परि
    उमेर गाको पत्तो नहुने रहेछ यो जिन्दगी

    दु:ख गर्दा बगेका ती पसिनाले गर्दा
    खुशी किन्ने भ्रम पो रहेछ यो जिन्दगी
    रोगै रोगले च्यापी थला परेपनी परिबारलाई हेरि
    बाच्ने लोभ लाग्दो रहेछ यो जिन्दगी ।

    आज यहाँ भोलि कहाँ थाहा छैन यो जिन्दगी
    गहभरी आँसु बोकि बाहिर हास्नै पर्ने यो जिन्दगी
    बाच्ने मन नभई नभई अरुकै लागी भएपनि बाच्नै पर्ने रहेछ यो जिन्दगी ।

    – सुसिला पराजुली
    बुटवल, १२ रुपन्देही

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation