सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं । आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्। आफूलाई चिनियाँ नागरिक बताउने  ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो ।

उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ ।

सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सु्नसहित गुरूङलाई बौद्धको तिनचुलीबाट  नियन्त्रणमा लिएको हो। उनको साथबाट ९९९.९ किलो सुन ६ थान, ४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको  छ।

गुरूङ अवैध सुन भन्सार चोरी पैठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। बरामद सुन र गुरूङ बारे सीआइबीले थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

  • प्रकाशित मिति :- सोमवार, असार ४, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |