टी–२० विश्वकप : समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्यु गिनीलाई हरायो

  • आईसीसी टी–२० विश्वकपमा समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्यु गिनी (पिएनजी)लाई ७ रनले पराजित गरेको छ । गएरातिको खेलमा पिएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

    यसअघि टस हारेर  पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले  १९ ओभर ४ मा ७८ रन बनाएर अलआउट भयो ।

    समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज सुरुवाती ३ खेल जित्दै सुपर ८ प्रवेश गरिसकेका छन् । न्युजिल्यान्डले ४ खेलमा ४ अङ्क जोड्यो । युगान्डाले २ अङ्क जोड्दा पिएनजी अङ्कविहीन रह्यो ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation