रास्वपाको चियापानमा कुन कुन नेता पुगे ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा अहिले चियापान कार्यक्रम आयोजना गरिरहेको छ ।

दोस्रो स्थापना दिवसको अवसरमा असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ । त्यही क्रममा शुक्रबार च:मतीमा चियापान कार्यक्रम राखिएको हो ।

चियापानमा देउवा, माधव नेपाल, माधव नेपाल रामहरि खतिवडा, महन्त ठाकुर, प्रधानमन्त्री , नारायणकाजी श्रेष्ठ , देवेन्द्र पौडेल, झलनाथ खनाल, बाबुराम भट्टराई, धबलशमशेर राणा, कमल थापा, सिके राउत, राष्ट्रिय सभा अध्यक्षलगायतका नेता उपस्थित भएका छन् ।

चियापानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पुगेका छैनन् । चियापानमा सबै पार्टीलाई निम्तो गरिएको छ । कार्यक्रममा नेताहरू आउने क्रम जारी छ ।

  • प्रकाशित मिति :- शुक्रबार, असार ८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |