नेदरल्याण्ड्स र फ्रान्सले खेले बराबरी

  • काठमाडौं । जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबलमा समूह ‘डी’ का नेदरल्याण्ड्स र फ्रान्सले बराबरी खेलेका छन् ।

    आज बिहान लेइपजिग स्टेडियम सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।

    यो बराबरीसँगै नेदरल्याण्ड्स र फ्रान्सको चार–चार अंक भएको छ । तर गोल अन्तरका आधारमा नेदरल्याण्ड्स समूहको शीर्षस्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ ।

    अब नेदरल्याण्ड्सले अष्ट्रिया र फ्रान्सले पोल्याण्डसँग खेल्ने छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation