
काठमाडौं । लोकगायिका रीता थापा मगरको गीत ‘ए आमा जाम भन्यो मलाई’ युट्युबमा रिलिज भएको एक महिनामै करोड क्लबमा प्रवेश गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी थापाको यो गीतलाई हालसम्म १ करोड ३ लाख भन्दा बढी पटक हेरिएको छ ।
यो गीत लामो समय युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पर्न सफल भएको थियो । फेसबुक रिल्स र टिकटकमा समेत गीतले सुरूका दिनदेखि चर्चा पाएको थियो ।
यतिबेला कार्यक्रमको सिलसिलामा हङकङमा रहेकी गायिका थापाले खुसी साट्दै श्रोता–दर्शकलाई धन्यवाद दिएकी छन् ।
गीतमा एकनारायण भण्डारीको शब्द, गायिका थापाकै संगीत र श्यामश्वेत रसाइलीको एरेन्ज छ । गीतको भिडियोमा प्रकाश सपूत र सनिशा भट्टराई फिचर्ड छन् । मौसम हिमालीले भिडियो निर्देशन गरेका हुन् ।