‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुण्डी कारोबार रोक्न सरकारले प्रभावकारी कदम चाल्दै आएको बताएका छन्‌ ।

प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले अहिले केही पनि नयाँ भएन भनेजस्तो गरी प्रश्न आउने गरेको गुनासो गरे ।

‘केही माननीय सदस्यज्यूहरूले अहिले पनि केही नभएको आशयसहित कुरा राख्नुभयो । अहिले मैले लामो व्याख्या त गर्न सक्दिनँ’, उनले भने, ‘सरकारको तर्फबाट यसबीचमा सुशासनको पक्षमा, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासका पक्षमा धेरै सकारात्मक पहलहरू भएका छन्‌ ।’

उनले यी कदमहरू चालिरहँदा सरकारले केही गरेन भनेर आरोप लगाउनु ठीक नहुने उनको तर्क छ। ‘त्यसैले सरकारले केही नयाँ गरेको छैन, उही पुरानो चलिराखेको छ भन्नु ठीक होइन’, उनले भने, ‘केही सांसद्‌हरूले यसो भन्दा मलाई अचम्म लाग्ने गरेको छ ।’

उनले कांग्रेसतिर लक्षित गर्दै देशमा दशकौँ नेतृत्व गरेर पनि केही गर्न नसकेको उल्लेख गरे । ‘जसले दशकौँसम्म देश/सरकारको नेतृत्व गर्नुभयो । उहाँहरूले नै आज देशलाई यो स्थितिमा पुर्‍याउनुभयो भन्न मन लाग्छ मलाई’, उनले भने, ‘तपाईंहरूले के के गर्नुभएको थियो भन्न मन लाग्छ मलाई । अहिले त धेरै कुरा सन्तुलित र सकारात्मक अवस्थामा आएका छन्‌ ।’

  • प्रकाशित मिति :- मङ्लबार, असार १२, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |