आँसुलेनै वर्षा रोकियो आज
यसरी आँसु पोखियो आज
तिम्रो मुहार सम्झिँदा मनले
आफ्नै मुहार बिर्सियो आज
छातालाई मैले ओत दिएँ
त्यसैले पानीमा रुझियो आज
जसका निम्ति बद्लिएँ म
उसैको प्रेम बद्लियो आज
आमाको काख रित्तियो फेरि
चिताको काख भरियो आज
– कपिल अगस्त्य