सुनिल बने कमेडी च्याम्पियन सिजन–३ को विजेता

काठमाडौं । कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बनेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौंका सुनील विजेता बनेका हुन् ।

उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् ।

त्यस्तै सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप र नवलपरासीकी सुयशा सेकेन्ड रनरअप बने । विशाल भण्डारीको निर्देशन रहेको शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।

  • प्रकाशित मिति :- आइतवार, असार १७, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |