सुनिल बने कमेडी च्याम्पियन सिजन–३ को विजेता

  • काठमाडौं । कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बनेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौंका सुनील विजेता बनेका हुन् ।

    उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् ।

    त्यस्तै सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप र नवलपरासीकी सुयशा सेकेन्ड रनरअप बने । विशाल भण्डारीको निर्देशन रहेको शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation