गजल

सम्झिँदा तिमी मुस्कुराएको पलहरु

चुप बस्छु बुझेर जिन्दगानीमा कहिले
उम्रदैनन् सपनाहरु खरानीमा कहिले

सम्झिँदा तिमी मुस्कुराएको पलहरु
आफ्नै आँखा देख्छु पानीमा कहिले

हाँगासँग छुट्टिएर बाँच्दैनन् फुलपनि
सास रहँदैन त्यो फूलदानीमा कहिले

मायामा रिस तिम्रो देख्न धेरै पाइयो
माया भने देखिएन रिसानीमा कहिले

रातमा सूर्य उदाएका आँखा हुन् मेरा
अटाउँदैनन् तिम्रो कहानीमा कहिले
– कपिल अगस्त्य

  • प्रकाशित मिति :- शनिबार, असार २३, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |