कविता

रुदै छ देश

खै कस्तो विकृती भित्रियो घरमा भन्दै नेपाल आमा रुँदै छिन्।

उब्जाउ जग्गा जमिन सबै पोलिटी गर्दै सकिए, चारैतिर ठूला ठूला घर अनि कलकारखाना बनाउने क्रममा जमिन कोही मासिए त कोही बाझिए ।

खोला नालाको छेउछाउमा फोहोर अनि मैला छ, त्यसमाथि चारैतिरबाट गनाउने पानी मिसिएको छ।

देशका युवा पुस्ता सबै रित्तिएर विदेशमै सेटल हुने रे, गाउँघरमा सुनसान छाउँदै छ, घरमा बूढापाका मात्र बाँकी हुन्छन् क्य अबत । मर्दा पनि ग्वार पाउनी गाह्रो हुने भो, अरु कुरा छोडौं, मलामी पनि नपाई अब लास यत्तिकै गनाउने भो।

खै कस्तो विकृती भित्रियो, हेर्दा हेर्दै पुरै देश रित्तियो।

देशलाई रित्तो बनाउने खै कस्तो नेता हो, मनमा लागेको जति भाषण भन्छन् अनि काम गर्ने बेला लोन कति सासन हो ।

खै कहिले बन्ने हो पूर्व पश्चिम राजमार्ग, भत्काउन थालेको नि भयो धेरै वर्ष । जताततै खाल्टो अनि धुलो छ, यसैले गर्दा कतिले ज्यान गुमाउन पर्य छ।

आकाशमा उडेर जानेलाई त के मतलब भयो र, भुईमा गुड्नेलाई पो सकस खेप्नु पर्‍य छ ।

नेपालमा केही आउन हुन्न, भोकमरी र महंगीले आकाश छुन्छ, भएन भनेर मन्दीको कारणले पसलहरू सबै डामाडोल छ ।

कुर्सीमा बसी एसीको हावा खानेलाई के बाल भयो, छोरा पढाउँछु भन्दै लिएको बैंकको ऋण तिर्दा तिर्दा मेरो आधी जिन्दगी जानि भो । न त देशमा केही रोजगार नै छ, न त कुनै पैसाको स्रोत नै छ, तब पनि किन ब्याज यति महँगो हो ?

छोरीको विवाह गर्ने बेला भयो, सुनको औंठी माग्छन् सम्धिले, खै कसरी दिने हो। ज्वाइँलाई १ औंठी, सम्धिनीलाई माईली तिल्लरी अनि सम्धिलाई औंठी किन्दा नै मेरो आधा घर लिलाम भो । सुनको भाउ पनि के सारो बढेको ?

खै मेरो देश नि कहिले बन्ने हो, चिल्लो बाटो अनि रोजगारको स्रोत खुल्ने हो?

रोजगारको कोटा नखुलेको होइन, फारम भर्नै ५००/१००० तिर्नु पर्ने, त्यसमा पनि आफ्नै मान्छे लैजाने हो।

केही गरौँ भने नि छैन यहाँ सुविधा, राम्रो गर्‍यो नि आफैले भोग्नु पर्ने हो दुर्व्यवस्था। खै कस्तो कानुन हो हाम्रो देशको, दोषी हिँड्छन् सडकमा निर्दोषी पर्छन् खोरमा। खै त सरकार, तिम्ले केही गरेको खाडीमा फसेका नेपालीलाई नेपाल फर्काउने कहिले हो? मलाई आश्चर्य लाग्छ, लेखेका कानुनहरू सुन्दा नि, देशमा बढेको अपराध देख्दा नि किन शान्त छन् ती नेता भनाउँदाहरू पनि ?

जति जोगी आए पनि कानै चिरेको भन्ने उखान बल्ल मिल्यो, खै हाम्रो देशले योग्य नेता कहिले पाउने हो? रातदिन रुवाबासी छ जनता अनि देशमा, उता नेताहरू व्यस्त छन् विदेशको भ्रमणमा। विदेशबाट कोही आउनु पर्छ, राता रात देशको मुहार फेरिन्छ, महिनौंसम्म पनि नबनेका पुलमा बत्ती बालिन्छ, होइन, यस्तो तीव्रता विकासमा पनि लिने हो भने देशको रुप नि छिटै फेरीने थियो कि ।

तिमी हिँड्ने प्लेनमा हामी हिँड्छौं खाल्टोमा, त्यही खाल्टोमा तिमीलाई लिइपार्नु मन छ २४ घण्टे जाममा अनि बल्ल चिसो पस्तो कि तिम्रो मनमा ।

खै कस्तो विकृती भित्रियो मेरो देशमा, छोटो लुगा लगाएर जान्छन् मन्दिरमा, पर्वको नाममा महिनौंसम्म रमाउँछन्, पाटी पालेस अनि बारमा। मिठो हुन्थ्यो मकै अनि मोहि, अब त कहाँ पाइएला र खै। भजन कीर्तन गाउनुको सट्टा पब तिर पस्ने, छैलाको सित्तन सँग बियरको बोतल लिने। हे भगवान, के विकृती आयो, हुँदा हुँदा देश नै डुबायो। वैवाही सम्बन्ध नि टुट्न थाले, श्रीमान श्रीमती भिन्न भिन्नै सँग रमाउन लागे। बिचरा कलियुगका बच्चाले कति दुःख पाए, कतै वेवारिस अवस्थामा छन् त कतै बा आमाको घर झगडाले टाढिन लागे ।

खै कस्तो चलन भित्रियो भन्दै रुँदै छिन् मेरी नेपाल आमा। लौन सबै मिली जोगाउन पर्यो के गर्ने होला ।

– ईरा आर्याल

  • प्रकाशित मिति :- शनिबार, असार २३, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2024 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |