आज किन हो किन मन भारी भएको छ, केही हुन्छ कि भन्ने डरले सताइरहेको छ। बिना अर्थ यी आँखाबाट झरी परिरहेछ, मन निकै नै आत्तिएको छ। केही नराम्रो त हुने होइन नि भनी मन पिरोलिरहेको छ।
आज मलाई आमाको निकै नै सम्झना आएको छ। तिनको काखमा गएर बस्नु मन छ, तिनको अङ्गालोमा गाई बेरीएर रुनु मन छ। कसरी सक्यौ आमा तिमीले आफ्नो खुशी मारी मारी अरूलाई खुशी राख्न? कसरी सकेउ तिमीले सारा दुनियाँलाई रिजाएर बस्न?
यहाँ मैले आफ्नै सामान त मिलाएर राख्न सकेको छैन, आफ्नालाई कसरी रिजाउने हो? सबै कुरा सुन्दा नि वाक्क लागेर आउँछ। आफैंलाई डोरीमा कसी सारा कुराहरू नै त्यागमकी जस्तो हुन्छ। फेरी तिमीलाई सम्झिन्छु आमा, तिमीले नि त आफुलाई रुवाई रुवाई नि दुनियाँको अघि हाँस्दै बसेकी छौ भने मैले कसरी हार मान्न सकुला र खै।
भन्निन्छ नि आमा भगवान हुन भनेर, सायद यसै त भनिएको होइन होला। अरूलाई बारम्बार भन्दा नि नबुझ्ने पीडा तिमीले अलङ्कार कसरी बुझ्छौ?
खै किन हो किन, तिमी संग केही कुरा लुकाउनै मन लाग्दैन। थाहा छैन तिमीले जाती मान्छौ कि मान्दैनौ। दुनियाँको लागि तिमी जस्तो भए पनि मेरो लागि तिमी संसार हौ। हजारौं पीडालाई भुलाई दिने तिमी मात्र एउटा सार हौ।
दुख लाग्छ बेला बेला तिमी बिरामी हुन्छौ, तिम्रो स्याहारको लागि कोही छैन। तब पनि तिमी हार नमानी अरूकै लागि बाँचिरहेकी छौ। धेरै कुरा त छैन आमा तिमीलाई भन्नलाई, एउटा सपना भने देखेको छु, आफ्नै सङ्गर्षमा तिम्रो लागि सकेको खुशी किन्न छु।
बाबा भनेको घरको जग हो भने आमा, तिमी पुरा घरको छत हौ। आफैले दिनरात नभनी, घाम पानी आशिना नभनी, हामीलाई बस्नको लागि आसन दिएकी छौ। मेला पर्वमा जाँदा खाज पनि हाम्रै लागि साचेर ल्याएकी छौ।
हामीलाई धाक्दा धाक्दा कहिले राम्रो लगाउन पाइनौ, तिमीले हाम्रो पेट भर्दा भर्दै तिमी तन्न भई सुतेनौ कहिले। म कसरी बिर्सिन सक्छु आमा, तिमीले मलाई जीवन दिएको। एकान्तमा बसी, आफ्नो भाग्यलाई कोस्दै रुँदै बसेको। आफ्ना सारा खुशी त्यागेर हामीलाई खुशी पारेको।
तिम्रा कति सारी फाटे, गिन्ती भएन। कति रातहरू बिना निद्रा कटे, थाहा भएन। अर्को जुनीमा पनि मलाई तिम्रै कोखबाट जन्मिनु मन छ। आमा, छोरी होइन छोरा भएर। आफुलाई बेचेर तिम्रो लागि खुशी किन्न सक्ने भए त्यो पनि गर्थें आमा।
आखिर छोरीको लागि आमा त रैछिन् दुख बिसाउने चौतारी। आमा जति घरभरि मान्छे भए पनि तिमी नहुँदा पुरै घर नै अधेरो लाग्छ।
– ईरा आर्याल