साहित्य

गुरुको महिमा

आउनेछौ तिमी सबैलाई नयाँ ज्ञान सिकाउन, तर दुःख हुनेछ हजुरको घरवार टिकाउन।

हातमा पुस्तकसँगै जिम्मेवारी बोकेर घरबाट हिँड्नुहुन्छ होला सय चोटि सोचेर, बिहान – साँझ, पढाउनुहुन्छ, भोक – प्यास केही भन्नुहुन्न।

सम्मान सिकाउनुहुन्छ, भेद कहिल्यै गर्नुहुन्न, क, ख गर्दै अक्षर पनि सिकाउनुहुन्छ।

यहाँसम्म टिकाउनु भएको हजुर नै हो, शान्तिको दीप भने मैले चिनेको, हजुर नै हो गुरु भनेर मैले मानेको।

भविष्यमा के भन्ने हुन्छु भन्ने मलाई थाहा छैन, हजुरको प्यारो चेला हुँ, सर, पछि कहिल्यै पर्दिन।

– पुष्पा रेग्मी

  • प्रकाशित मिति :- मङ्लबार, साउन ८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |