पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँ : प्रधानमन्त्री

  • काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउने बताएका छन् ।

    आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ती विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन दिन कार्यदल बनाएको उल्लेख गरेका छन् ।

    उनले उक्त कार्यदललाई यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी दिइएको समेत जनाएका छन् ।

    प्रधानमन्त्रीले यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने विश्वास व्यक्त गरेका छन् । उनले विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई अनुरोध समेत गरेका छन्

    प्रधानमन्त्री ओलीले थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको समेत जनाएका छन् ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation