काठमाडौं । नुवाकोटमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।