लेख

अलबिदा ममता !

तिमी कति निर्दयी भएका हौ! तिम्रो हात कापेन आफ्नै श्रीमतीलाई मार्दा? के दोष थियो त्यो बच्चाको? “आमा मेरी यिनी हुन्,” भन्न नपाउँदै तिमीले छोरीबाट आमालाई किन खोस्यौ ? उसलाई टुहुरी बनाई छाड्यौ है ?

ईरा अर्याल । धनले भरिपूर्ण थियो, बाहिर बसोबास गर्थ्यौ। “भोलि मेरो छोरीलाई पनि लगेर गयौ भने, उसको भाग्य बन्थ्यो होला है?”

तिमीले उसको व्यवहारभन्दा पनि उसको बसाइँ र हातमा भएको पैसा हेरेउ। आज देख्यौ, तिम्रो छोरी घर न बेघर भएको।
“छुट्टै बसौँ,” भनेको भए, म पनि मान्थेँ होला नि, होइन? मैले के गल्ती गरेँ जसको सजाय तिमीले यसरी दियौ ? कानुनी रूपमा गयौँ भने सबै ठीकै त हुन्थ्यो होला नि ? किन तिमीले मलाई मार्ने निर्णय गरेउ अहिले ?

खै, भरोसा कसको गर्ने होला? सँगै मर्ने, बाँच्ने को त हालत यस्तो हुन थालेको छ। मैले तिमीलाई आफ्नो सम्झेर तिम्रो लागि सबै छोडेर आएकी थिएँ। तर उपहार भने तिमीले राम्रो दियौं, अहिले।
तिमी कति निर्दयी भएका हौ! तिम्रो हात कापेन आफ्नै श्रीमतीलाई मार्दा? के दोष थियो त्यो बच्चाको? “आमा मेरी यिनी हुन्,” भन्न नपाउँदै तिमीले छोरीबाट आमालाई किन खोस्यौ? उसलाई टुहुरी बनाई छाड्यौ है?

तिम्रो पनि त नासो नै थियो त्यो, होइन र? किन यति निर्दयी भएका हौ तिमी? आफ्नै छोरीको पहिलो जन्मदिनमा यति राम्रो उपहार दिने सायद तिमी पहिलो बाउ हौ। आमाले दुनियाँ छोड्नुपर्ने, अनि बाउ जेल जानुपर्ने, कस्तो भाग्य लिएर आयौ है, छोरी तिमीले? न त आमाको काखमा बसेर मज्जाले खेल्न पायौ न त धित मर्ने गरी आमाको दूध खान पायौ। भाग्य नै के लेखेर आएको होला, कुन्नि? माफ गर है, छोरी, राम्रो शिक्षा दिन सकिनँ, जीवनभरि साथ दिन सकिनँ तिम्रो आमाले।

बारम्बार मेरो मनको कुरा सुनाउने प्रयास गरेँ, तर समाजको इज्जतले गर्दा म बारम्बार लाटो हुन बाध्य भएँ। आखिर, कहिलेसम्म यसरी नै जीवन काट्नुपर्ने हो हामी छोरी मान्छेले? न स्वतन्त्र भएर हिँड्न पाइने, न त रोजेको तरिकाले जिउन पाइने। जुन घरमा बिहे गरी भित्रियो, त्यसकै लागि सबै त्याग गरियो, अन्त्यमा हामीले यसरी नै मृत्युनै भोग्नुपर्ने किन हो?

कहाँ जाँदैछ हाम्रो समाज? अनि के गर्दैछ हाम्रो कानुन?
घर-परिवारसँग खुसी छैन म, कसलाई गएर भनुँ? माइतिलाई सुनाउँ भने, ‘अलिअलि त जसको घरमा पनि हुन्छ, सहन सक्नुपर्छ’ भनी सम्झाउँछन्। अलिअलि मात्र होइन, धेरै नै भयो। सम्बन्ध छुट्ट्याउनु पर्छ भन्दा, समाजले के भन्छ? ‘पहिलो घरबार भनेको पहिलो हो’ यसो गर्नुहुन्न है, भनी गाली र यातना मात्र आउँछ। त्यसै घर, समाज अनि संस्कारको बन्धनले गर्दा पराईको मुलुकमा ज्यान गुमाउन बाध्य हुनुपर्छ।

कति दुख्यो होला, कति छटपटी भयो होला, कसैले कल्पना पनि गर्न सक्दैन।
बुबाआमा, भाग्यले बन्छन् भने, “हे भगवान, तिमीले यति राम्री छोरी किन यस्ताको हातमा पठायौ, जसको मनमा दया-माया भन्ने केही छैन।”

साँचै, तिम्रो हात कापेन है एउटी आमालाई मार्दा! साँचै, तिम्रो मन डराएन है? आफैले पञ्चेबाजा बजाएर, डोली सजाएर तिम्रो अर्धाङ्गिनी भएकी नारीलाई मार्दा, साँचै, तिम्रो मनमा केही विचार आएन? एउटा जन्म दिने बुबाआमाबाट उनको सन्तान खोस्दा पनि?

कति कठोर रहेछ तिम्रो मन! मलाई जिउँदै जलायौ। बारम्बार प्रहरीले प्रश्न गर्दा पनि किन तिमी त्यति चुप लागिरह्यौ?

बिन्ती गर्छु सबैलाई।
धेरै हतार नगरौ छोरीको बिदाइ गर्न। सबै बाहिर झल्किने कुरा राम्रो हुन्छन् भन्ने हुँदैन। ठूला-ठूला देशमा गएको र सम्पन्न छ भन्दैमा, आफ्नो छोरीलाई आँखा बन्द गरी नदेऊ।

आज एउटाले ज्यान गुमाएको समाचार मात्र बाहिर आएको छ, तर कति चेली-बेटीहरूले यस्तै मानसिक पीडा र घरेलु हिंसा सहेर बसेका छन्। धन-सम्पत्तिभन्दा पनि मानिसको व्यवहार बुझ्ने प्रयास गरौँ। यदि छोरी विवाहमा खुसी छैन भने, परिवारले आफ्नो जिम्मेवारी भने नबिर्स। समाजको डर, इज्जत, संस्कारको कुरा गर्दै आफ्नो वंशलाई मोर्न बाध्य नगर।

मृतक आत्माले शान्ति पाओस्। त्यो नानीको भविष्यको चिन्ता सबैलाई भएको छ। हे देव, तिमी निर्दयी भई आमा त खोसेऊ, अब त्यो भन्दा बढी केही नगर उसलाई।

  • प्रकाशित मिति :- शनिबार, भदौ ८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |