अन्नपूर्णको तिहार विशेष जनचेतनामूलक गीत सार्वजनिक

सुनवल–७ अस्नैया स्थित अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूलले तिहारलाई विशेष बनाउने उद्देश्यसहित जनचेतनामूलक गीत सार्वजनिक गरेको छ। यस गीतमा विद्यालयकै शिक्षिका लक्ष्मी गोर्खालीको सुमधुर स्वर र संगीत शिक्षक सुरज खातीको संगीतले सजिएको छ। विद्यालय प्रांगणमै छायांकन गरिएको यो म्युजिक भिडियोमा सम्पूर्ण शिक्षक शिक्षिकाहरूले अभिनय गर्नुभएको छ, जसले विद्यालयको समर्पण र एकताको सन्देशलाई जनाउँदैछ।

विद्यालयले यसअघि तीज पर्वमा पनि समाज, अभिभावक, विद्यार्थी र विद्यालयको भूमिका केन्द्रीत जनचेतनामूलक गीत सार्वजनिक गरेको थियो। यसरी निरन्तर सन्देशमूलक गीतहरू सार्वजनिक गर्दै आइरहेको विद्यालयको प्रयासको बारेमा प्रधानाध्यापक नेत्र रिजालले भने, “अन्नपूर्णमा अहिलेको शिक्षक–शिक्षिका टीमले नै यो सम्भव भएको हो। हामीसँग गीत रचना, संगीत र गायनमा अब्बल साथीहरू हुनुहुन्छ जसले गर्दा सहज रूपमा गीत निकाल्न सकिएको छ।” उहाँले थप्दै गीत–संगीत शिक्षा प्रदान गर्ने भरपर्दो माध्यम भएको बताउनुभयो।

प्रधानाध्यापक रिजालले अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूललाई पछ्याउने र भिडियो हेर्ने सम्पूर्णलाई विद्यालय र यससँग सम्बन्धित विषयलाई ध्यानमा राखेर गीतलाई हेरिदिन र सुझाव सल्लाह दिन आग्रह गर्नुभयो। उहाँले विद्यालयको प्रतिष्ठा, सम्पूर्ण कर्मचारीको सहकार्य र आत्मीयता नै विद्यालयको ब्राण्ड निर्माणमा महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गर्नुभयो।

 

  • प्रकाशित मिति :- मङ्लबार, कार्तिक १३, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |