लस एन्जलसमा डढेलो, १९ हजार मानिस विस्थापित

  • काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा डढेलो फैलिएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

    अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।

    कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा डढेलो लागेको हो । डढेलो लागेको स्थान नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।

    डढेलोले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेका बीबीसीले जनाएको छ ।

    आगलागीबाट हालसम्म घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा उक्त क्षेत्र छाड्न बाध्य भएका छन् ।

    आगो निभाउन दमकलहरूको प्रयोग गरिएको छ । आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation