निर्मल निवासले जरिवाना पत्र नबुझेपछि हुलाकबाट पठाइयो

काठमाडौं। काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ ।

आज बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । तर पूर्वराजा शाहको सचिवालयले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाक र इमेलबाट पत्र पठाएको महानगरका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले खबरहबलाई बताए ।

महानगरले हिजो सार्वजनिक सूचना मार्फत शुक्रबार राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहर र क्षति गरेको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने जनाएको थियो ।

  • प्रकाशित मिति :- आइतवार, चैत्र १६, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |