मंगलबार भगवान गणेशको पूजा, गणेशजीलाई लड्डु औधी नै मनपर्छ

काठमाडौं । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ ।

मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन हो । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास सदिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहररूमा मंगलबार भगवान गणेशको पूजा गर्ने भक्तजनहरूको संख्या बढेर गएको छ ।

  • प्रकाशित मिति :- मङ्लबार, चैत्र १८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |