“राजनीतिक हस्तक्षेपले आजित भण्डारी, अन्ततः दिए राजीनामा”

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवदह नगर सभापति किरण भण्डारीले देवदह आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितिबाट राजीनामा दिएका छन्।

    भण्डारीले सामाजिक सञ्जालमार्फत विद्यालय तथा क्याम्पसहरूमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाउँदै आफूले उक्त समितिबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

    यसअघि प्रकाशित समाचारमा किरण भण्डारीले पार्टी पदबाट राजीनामा दिएको भनी उल्लेख गरिएकोमा तथ्यगत त्रुटि भएकोले सच्याइएको छ। – सम्पादक

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation