टी–२० विश्वकप

ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलिया

काठमाडौं बिहीबार बिहानै आईसिसी टी-२० विश्वकप अन्तर्गत दुई खेल हुँदैछन्। बिहान ६ : १५ बजे सुरु हुने खेलमा टस जितेर ओमानले फिल्ड रोजेपछि अस्ट्रेलियाले सुरुमा ब्याटिङ गर्दैछ।

समूह ‘बी’मा रहेको अस्ट्रेलिया पहिलो खेल खेल्दैछ। पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको ओमान पहिलो जितको खोजीमा हुनेछ।

बिहान ५:१५ बजे सुरु भएको खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युगान्डाविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर सुरुमा फिल्डिङ रोजेको युगान्डाले सातौं ओभरको समाप्तिमा पिएनजीको चार विकेट लिइसकेको छ।

समूह ‘सी’का युगान्डा र पपुवा न्युगिनी दुवै पहिलो जितको खोजीमा छन्। यसअघि युवान्डा अफगानिस्तानसँग पहिलो खेलमा १२५ रनले पराजित भएको थियो भने पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले हारेको थियो।

  • प्रकाशित मिति :- बिहिबार, जेष्ठ २४, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |