वर्षाले खेल रोकिएपछि विश्वकपमा नेपाल र श्रीलंकाले अंक बाँडे

  • काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध भएको छ। लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन् ।

    अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको थियो। वर्षा रोकिएपछि खेल हुने बताइएको भए पनि लगातार वर्षा भएपछि दुवै देशले अंक बाँडेका हुन्। योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्।

    समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation