युरोकप २०२४

नेदरल्याण्ड्स र फ्रान्सले खेले बराबरी

काठमाडौं । जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबलमा समूह ‘डी’ का नेदरल्याण्ड्स र फ्रान्सले बराबरी खेलेका छन् ।

आज बिहान लेइपजिग स्टेडियम सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।

यो बराबरीसँगै नेदरल्याण्ड्स र फ्रान्सको चार–चार अंक भएको छ । तर गोल अन्तरका आधारमा नेदरल्याण्ड्स समूहको शीर्षस्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ ।

अब नेदरल्याण्ड्सले अष्ट्रिया र फ्रान्सले पोल्याण्डसँग खेल्ने छन् ।

  • प्रकाशित मिति :- शनिबार, असार ९, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |