क्रिकेटर लामिछाने विश्वकपमा सहभागी भई स्वदेश फर्किए

  • काठमाडौं । आईसीसी टी-२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिनअघि नै स्वदेश फर्किए पनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन् ।

    अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन् । उनी क्यानडा हुँदै नेपाल आएका हुन् । नेपाल आएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए ।

    विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए । उनले साउथ अफ्रिकालाई दिएको चूनौति निकै राम्रो भएपनि अन्तिम बलमा जित्न नसक्दा दुख लागेको सुनाए ।

    उनले बिभिन्न कारणले आफु केहि समय क्रिकेटबाट बाहिर रहेपछि अब निरन्तर रुपमा लागिपर्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation