बिहारको मोतिहारीमा निर्माणाधीन पुल भत्कियो

  • पटना । भारतको बिहार राज्यको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । यो बिहारमा एक हप्ताभित्र भत्किएको तेस्रो पुल हो । मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतको खबर भने आएको छैन ।

    ग्रामीण निर्माण विभाग (आरडब्ल्यूडी) ले घोरासहन ब्लकको एक नहरमा १६ मिटर लामो पुल निर्माण गरिरहेको थियो । डेढ करोड भारु लागतमा बन्न लागेको यस पुलले अमवा गाउँलाई ब्लकका अन्य क्षेत्रसँग जोड्ने थियो ।

    पछिल्लो समय बिहारमा पुल भत्किने क्रम बढेको छ । जुन ४ मा खगरियामा गंगा नदीमाथि बनेको पुलको एक भाग नदीमा धसिएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation