लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

  • काठमाण्डाै – लुम्बिनी प्रदेशको आउँदाे आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आजको बैठकले आउँदाे आर्थिक वर्षको बजेट पारित गरेको हो ।

    प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । याे प्रस्ताव बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो ।

    प्रदेश सभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation