कविता

तिम्रो सम्झना…

मलाई नसोध तिम्रो सम्झनामा कति वर्ष कुरे भनेर
साँच्चिकै, यो प्रश्नको उत्तर मलाई पनि थाहा छैन माया
तर
तिम्रो सम्झनामा
म अहिले कबीर सिंह बनिसकेको छु के भन्नु माया
तिमी अहिले टाढा भएपनि
तिम्रो सम्झना यो मनमा सधैंभरि चलिरहेको हुन्छ
कहिलेकाहीँ एक्लोपनमा बस्दा
बितेको दिनको सम्झना आउँछ
यदि राम्रो कुरा याद आउँदा
अनुहारमा मिठो मुस्कान झल्किन्छ
तर
यदि बिछोडको कुरा याद आउँदा,
आँखाबाट आँसु झसक्कै निक्लिन्छ ।

मुटु भरि माया अटुट सम्झना बोकी बसेको छु
तिमी औषधि बनेर आइदिए हुन्थ्यो।

पर्खाइको पलहरू घाइते मृग जस्तो हुँदो रहेछ
सम्झनाका एकएक पल आँसुको थोपाहरूले भिग्दो रहनेछ ।

– रोहित कुमार साह

  • प्रकाशित मिति :- शनिबार, असार १६, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2026 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |