गजल

बद्लिएको प्रेम

आँसुलेनै वर्षा रोकियो आज
यसरी आँसु पोखियो आज

तिम्रो मुहार सम्झिँदा मनले
आफ्नै मुहार बिर्सियो आज

छातालाई मैले ओत दिएँ
त्यसैले पानीमा रुझियो आज

जसका निम्ति बद्लिएँ म
उसैको प्रेम बद्लियो आज

आमाको काख रित्तियो फेरि
चिताको काख भरियो आज
– कपिल अगस्त्य

  • प्रकाशित मिति :- शनिबार, असार १६, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |