इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

  • काठमाडौँ ।  जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

    डसेलडोर्फमा गएराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा ५–३ गोलले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

    ९० मिनेटको निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

    इंग्ल्याण्डका लागि कोल पाल्मार, जुड वेलिंघम, बुकायो साका, इभान टोनी र ट्रेन्ट एलेक्जन्डर अर्नोडले गोल गरेका थिए भने स्वीट्जरल्याण्डका फावियन स्चार, जार्दन साक्विरी र जाकी अम्बडोउनीको गोल सफल भएको थियो ।

    यसअघि खेलको ७५औँ मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बोलोले सुरुवाती गोल गरेका थिए । तर ८०औँ मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation