कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

  • काठमाडौं ।  कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले बताएकी छन् । 

    मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

    मेयर नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ ।  नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्‍टि गरिने छ। 

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation