धौलीगंगाको बाँध पुनः खोल्दै भारत, महाकालीमा बाढीको सम्भावना

काठमाडौं । भारतले उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ । सिल्ट सफाइ कार्यका निम्ति बाँध खोल्न लागिएको जनाइएको छ ।

शनिबार (भोलि) दिउँसो १२ बजेदेखि आइतबार (पर्सि)सम्म बाँधका ढोका खोलिने भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी गराएको छ ।

बाँध खोलिँदा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना छ । महाकाली नदीतटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

“…मिति २०८१।०५।१५ गते दिउँसो १२ः०० बजेदेखि मिति २०८१।०५।१६ गतेसम्म र तत्पश्चात् समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्वसतर्कता अपनाउनु हुन जानकारी गराइन्छ,” दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जारी गरेको सूचनामा उल्लेख छ ।

  • प्रकाशित मिति :- शुक्रबार, भदौ १४, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |