एमाले सचिवालय बैठक बस्दै

  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

    बैठकमा आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा छलफल हुनेछ ।

    यही पुस १० गते बसेको सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

    बैठकले केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावसहित चार एजेण्डा पनि तय गरेको थियो ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation