चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा धक्का

काठमाडौं । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतमा रहेको पुष्टि भएको छ । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ ।

उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट आसपास उक्त भुकम्पको झट्का महसुस गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । काठमाडौंसहित पूर्वी पहाडी जिल्लमा धक्का महसुस गरिएको थियो । नागरिकहरु घर बाहिर तथा सडकमा निस्किएका छन् ।

सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको बताए । उनकाअनुसार क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको छ ।

 

  • प्रकाशित मिति :- मङ्लबार, पुस २३, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |