ज्योति माविमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम, अभिभावकको भूमिकामाथि जोड

  • दिपक खाती, नवलपरासी । सुनवल नगरपालिका ७, अस्नैया स्थित  ज्योति माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सम्पन्न भएको छ।

    लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालित उक्त कार्यक्रमकालागि सुनवल नगरपालिकाभित्र ज्योति माध्यमिक विद्यालय मात्रै छनोटमा परेको विद्यालयले जनाएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष नारायण आचार्य प्रमुख अतिथि रहेका थिए। नगर शिक्षा अधिकृत पशुपति भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रमको सञ्चालन शिक्षक पप्पु पाण्डे मगरले गरेका थिए।

    कार्यक्रममा पूर्वविद्यार्थी दुर्गा सोर्खाली, सुदिप खनाल, शङ्कर पुरी लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा वक्ताहरूले विद्यार्थीको शैक्षिक तथा नैतिक विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताएका थिए। विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य बलियो भए मात्रै विद्यार्थीलाई उत्कृष्ट बनाउन सकिने धारणा उनीहरूले राखेका थिए।

    अभिभावकमुखी चेतना अभिवृद्धि गर्दै विद्यालयप्रति अपनत्व बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation