
देवदह सेवा समाज यूएईले नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘तीज मिलन कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ।
हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली समुदायबीच भेटघाट, शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति तथा नेपाली मौलिक खानाका परिकारहरू रहने आयोजकले जनाएको छ।
प्रवासमा रहेर नेपाली कला, संस्कृति र परम्परालाई निरन्तरता दिनुका साथै देवदहवासी तथा नेपाली समुदायबीच आपसी सद्भाव र सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा यूएईमा रहेका देवदहवासीसहित नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीलाई परिवारसहित सहभागी हुन आयोजकले आग्रह गरेको छ।
कार्यक्रम आगामी १३ सेप्टेम्बर २०२६ मा दुबईको बुर दुबईस्थित निजाम्स (ग्रान्ड एम्बेसडर होटल) को भुइँतलामा आयोजना हुनेछ। कार्यक्रम दिउँसो १२:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत प्रवासमा नेपाली संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई समेत आफ्नो मौलिक पहिचानसँग जोड्ने अपेक्षा आयोजकले गरेको छ।









