म डस्टबिन हुँ …

  • म डस्टबिन हुँ ।

    एक कुनामा बिर्सिएको,

    म अग्लो‌ ठडिएको छु । मानिसका अस्वीकृत वस्तु स्वीकार गरेर म भरिएको छु ।

    म संसारका त्यागिएका कथाहरूको साक्षी छु। फुलफुल‌को बोक्रा देखि कागजको टुक्रासम्म,

    म तिनीहरूलाई एक मौन रक्षक जस्तै नजिक राख्छु। मेरो धातुको अँगालोमा, तिनीहरूले आफ्नो महिमा पाउँछन्।

    मानिसका दुर्गन्धलाई राखेर मलाई आफू सुगन्धित भएको भान हुन्छ।

    आफू फोहोर भएर वरपर सफा राख्ने साहारा बन्छु त कहिले भोका‌ अनि डुलुवा पशुहरूको आहारा बन्छु। भित्ताको आडमा र शान्त गल्लीहरूमा, म घाम र वर्षा सहेर उभिन्छु।

    म कुनै प्रशंसा वा महिमा दावी गर्दिन अनि निभाउने गर्छु आफ्नो भूमिका ।

    – सुबोध कार्की

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation