नेपालमा नै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता

  • काठमाडौं । नेपालमा विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।

    चिनियाँ कम्पनी सेमन गोल्डेन ड्रागन अटो बडीसँग कोशी एनके मोटर्स प्रालीले लगानी सम्मेलनमा सम्झौता गरेका हुन् ।

    चीनको फुजियन प्रान्तमा रहेको सेमन गोल्डेन ड्रागन अटो बडी र कोशी एनके मोटर्स बीच ४ पाङ्ग्रे विद्युतीय गाडी नेपालमा उत्पादन गर्ने सम्झौता भएको हो ।

    नेपालमा गाडी उत्पादन गर्ने दुई कम्पनीले पहिलो चरणमा ३ अर्ब लगानी गर्नेछन् । यसभन्दा पहिले पनि चीनको मोटेक्स कम्पनीले नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने भनेर सम्झौता गरेको थियो । तर, सम्झौता भएको करिब ६ वर्ष हुँदा पनि उत्पादनको कुनै टुङ्गो लगेको छैन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation